अदालतमा हाजिर भए थमन हत्याका थप दुई अभियुक्त
२०७४ जेठ १५ गते

“
महोतरी, साउन २९ । मधेस आन्दोलनका क्रममा मारिएका महोत्तरी जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विक हत्या काण्डका अभियुक्त थप दुई जना अदालतमा हाजिर भएका छन् ।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गतेका असई विकको आन्दोलनकारीहरूले हत्या गरेको भन्दै उनकी पत्नीले महोत्तरी जिल्ला अदालतमा २८ जनामाथि रिट दायर गरेकी थिइन् ।
सोही हत्या अभियोगमा फरार रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भई सामान्य तारेखमा छुटेको भोलिपल्ट हत्या अभियोग लागेका जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शाहीजी) र राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय निवेदनसहित अदालतमा हाजिर भएका हुन् ।
जिल्ला अदालतको १ नम्बर इजलास ले दुवै आरोपितको बयान लिन सुरु गरिसकेको छ भने बयान सक्नासाथ थुनछेक बहस सुरु हुने छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








