गैंडाकोटमा रोकिराखेका दुई ट्रकमा आगजनी

नवलपरासी, साउन २९ । नवलपरासीमा सोमबार राति १ बजेतिर चार जनाको समूहले रोकिराखेको दुई ट्रकमा आगजनी गरेको छ ।

पूर्वीनवलपरासीको गैंडाकोटमा रोकिराखेका ना२ख २५४८ र ना२ख ८४८७ नम्बरको दुई ट्रकमा सोमबार राति करिब १ बजेतिर चार जनाको अज्ञात समुहले आगजनी गरेका हुन् ।

गैंडाकोटको महेन्द्र पेट्रोलपम्प नजिकै रोकिराखेका पराल बोकेका दुई ट्रकमा भएको आगजनी प्रहरीले सिसिटिभीमार्फत देखेपछि तत्कालै पुगेर आगो नियन्त्रणमा लिएको हो ।

प्रहरीले आगजनीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भएको हुनसक्ने अनुमान गरेको छ ।

मंगलबार नेकपाले आफ्ना खड्गबहादुर विश्वकर्मा लगायतका नेताकार्यकर्ता पक्राउ परेको विरोधमा नेपालबन्द आयोजना गरेका कारण प्रहरीले नेकपाका कार्यकर्ताले आगो लगाएको हुनसक्ने आशंका गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *