टर्कीको आर्थिक संकटका विषयमा अमेरिका र टर्कीबीच विवाद
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं साउन २९ । टर्कीको आर्थिक संकटका विषयमा अमेरिका टर्कीबीच विवाद सुरु भएको छ । अमेरिकाले टर्कीको आर्थिक संकटको कारण राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णय नभएको स्पष्ट पारेको छ । टर्कीबाट आयात हुने आल्मुनियम र स्टीलको हिस्सा निकै थोरै भएको भन्दै ह्वाइट हाउसले आर्थिक संकटका लागि ट्रम्प प्रशासन जिम्मेवार नरहेको जिकिर गरेको छ ।
अमेरिकाले टर्कीबाट आयात हुने आल्मुनियम र स्टील उत्पादनको आयातमाथि शुल्क बढाएपछि टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले अमेरिकाले टर्कीलाई पिठ्यूमा छुरा धसेको अभिव्यक्ति दिनु भएको थियो ।
दुई मुलुकबीचको कूटनीतिक तनावका कारण टर्कीको मुद्रा लीरामा भारी गिरावट आएको छ । जर्मनलीले टर्कीको समर्थन गर्दै उसको अर्थव्यवस्था धरमराउँदा कसैलाई फाइदा नहुने बताएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित