ब्लफ कल गर्नेलाई बन्यो यस्तो कानुन, फेसबुकबाट धम्की दिनेलाई १ वर्ष कैद

काठमाडौँ, साउन २९ । नचिनेको नम्बरबाट बारम्बार कल आएर हैरान हुनुहुन्छ ? अब ढुक्क हुनुहोस् । यसरी नचिनेको नम्बरबाट बारम्बार कल गर्ने, मनपरि बोल्ने, परिचय नखोल्नेलाई अब कडा सजाय हुने भएको छ ।

अब यस्तो कसुर गर्नेलाई २ वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने भएको छ ।

अपराध संहिताको धारा २९९ मा भनिएको छ ‘कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुदैन ।’

त्यस्तै टेलिफोन वा फेसबुकबाटधम्की दिनेलाई पनि १ वर्ष कैद वा १० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

कसैलाई डर त्रास, हैरानी दिने, अपमान गर्ने, बेइज्जत गर्ने उद्देश्यले चिठीपत्र, पर्चा वा कुनै लिखत लेखाउने र विद्युतीय माध्यमबाट धम्की दिने, सताउने जिस्क्याउने वा अनुचित व्यवहार गर्नेलाई यस्तो सजायको व्यवस्था गरिएको छ ।

अनुमति नलिई अरुको घरमा छिर्नेलाई ३ वर्षसम्म कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *