चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएका प्रेसरकुकर बम नेपाली सेनाद्वारा निष्कृय

काठमाडौँ, साउन २९ । राजधानीको चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्कृय गरेको छ ।

चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्ग २ महाशत्ति पेट्रोल पम्प नजिकै र सतुङ्गलको सिप्रदी नजिकै भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले निस्कृय गरेको हो ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित बनाएको हो ।

अज्ञात समूहले मानिसहरुको पातलो उपस्थिति रहेको र सुनसान एरिया छानेर शंकास्पद वस्तु राखेका हुन् ।

उपत्यकामा भेटिएका सबै स्थानका बम निष्क्रिय पारिएको छ । ‘कतिपय स्थानमा प्लास्टिकको झोलामा खतरा लेखिएको वस्तु देखिएकोमा ती सबै डिस्पोज भइसकेको छ’, महानगरीय प्रहरी परिसरका विश्व पोखरेल बताए ।

नेपाली सेनाको टोलीले सुन्दरीजल नयाँ पाटीमा राखिएको बम पनि निस्कृय गरेको प्रहरीले बताएको छ ।

पोखरेलका अनुसार, पोखरेलले भने, ‘त्रास देखाउने प्रयास मात्र देखिएको छ । डराउनु पर्ने स्थिति छैन ।’

उनले राजधानीको शान्ति, सुरक्षा मजबुत बनाइएको बताउँदै व्यापक प्रहरी परिचालित भएको पनि बताए ।

प्रहरीले शंकास्पद वस्तु राख्दै हिँड्ने विप्लव समूहका दुई जनालाई पक्रेको छ । जमलमा प्रेसरकुकर बम सहित दुईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *