आज विप्लव समूहद्वारा नेपाल बन्द, मुलुकका विभिन्न स्थानमा प्रभाव

काठमाडौं, साउन २९ । नेत्रविक्रम चन्द विप्लवका प्रवक्ता प्रकाण्ड लगायतका नेता पक्राउ गरेको विरोधमा आज विप्लव समूहले नेपाल बन्द आह्वान गरेको छ । त्यसको प्रभाव मुलुकका विभिन्न ठाउंमा परेको छ । कतै विहानै आगजनी भएको छ भने कतै बम भेटिएको हल्लाले सर्वसाधारणलाई त्रसित बनाएको छ ।

राजधानी काठमाडौँमा बन्दको न्युन प्रभाव परेको छ । सवारी साधन आंशिक रुपमा चलेका चन् । विद्यालय तथा कलेजमा विप्लवको बन्द भन्दै विद्यार्थीलाई फिर्ता पठाइएको छ ।

बन्दकर्ताले नवलपरासीको गैडाकोटमा आगजानी गरेका छन् । उनीहरुले दुईवटा ट्रकमा आगजनी गरेका हुन् । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा प्रेसर कुकर बम भेटिएको छ । स्थानियले बम रहेको खबर गरेपछि नेपाली सेनाको जिस्पोजल टोलीले बम निस्कृय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक र मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा बम राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *