म्यानपावरको धरौटी दुई करोड मात्रै पुर्याउन व्यवसायीको माग

काठमाडौँ, साउन २८ । सरकारले म्यानपावर कम्पनीको धरौटी रकम ६ करोड बनाउने तयारी गरेपछि व्यवसायीले दुई करोड मात्रै बनाउन माग गरेका छन् ।

सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटेर एक वर्षको समय दिएर २ करोड धरौटी बनाउन माग गरेका हुन् । एक करोड नगद र एक करोड बैंक ग्यारेन्टी बनाउन व्यवसायीको माग रहेको छ ।

बढेको धरौटी बुझाउनका लागि एक वर्षको समय दिन र धरौटीको ब्याज पनि लिन मिल्ने व्यवस्था गरिदिन संघले आग्रह गरेको छ ।

धरौटी रकम आफूलाई पायक पर्ने बैंकमा राख्न पाउनु पर्ने र विभागको सहमतीमा मात्रै धरौटी रकम चलाउन मिल्ने व्यवस्था गर्न संघले सुझाव दिएको छ ।

हाल ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी गरी ३० लाख रुपैयाँ म्यानपावर कम्पनीको धरौटी रहेको छ । तर सरकारले ऐन संसोधनमार्फत ६ करोड पुर्याउने तयारी गरेपछि व्यवसायी पनि ३० लाखबाट बढ्न तयार भएका हुन् ।

यस्तै म्यानपावर कम्पनी मर्ज गर्ने विकल्प पनि दिन संघले माग गरेको छ । सरकारले तोकेको फ्रि भिसा फ्रि टिकटको निर्णय पनि परिवर्तन गर्न पनि उनीहरुको माग छ ।

संघले कामदारले पाउने एक महिनाको शुल्क लिन पाउनु पर्ने र यसो भएमा कामदारले अनिवार्य म्यानपावर कम्पनीको खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने समेत जनाएको छ ।

रोजगारदाताले प्रवद्र्धन खर्च नदिएमा एक महिनाको तलव बरारबर सेवा शुल्क लिन पाउनु पर्ने व्यवसायीको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *