ओली सरकारका ५ महिने उपलब्धि के–के छन ? (पूर्णपाठ)

“
काठमाडाैँ, साउन २८ । केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।
सरकारले आफ्नो उपलब्धीको रुपमा सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रुपमा उल्लेख गरेको छ ।
नारायणगढ मुग्लिन सडक स्तरोन्नती, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माण सरकारले आफ्नो उपलब्धी ठानेको छ । सरकारले ५ महिनामा ९० वटा तुइन विस्थापित गरेको जनाएको छ ।
भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले उपलब्धी भनेको छ ।
डुवानको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतलाई सरकारले आफ्नो उपलव्धिको सूचीमा समावेश गरेको छ ।
[pdfjs-viewer url=””http%3A%2F%2Fwww.makalukhabar.com%2Fwp-content%2Fuploads%2F2018%2F08%2Fgovrernment.pdf”” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]”








