काठका पोल विस्थापनको काम सुरु

रामेछाप, साउन २८ । रामेछाप लगायत देशका विभिन्न ठाउँमा जिर्ण बनेका काठका पोलका कारण सर्वसाधारणको ज्यान गएपछि उर्जा मन्त्री वर्षमान पुनले काठको पोल हटाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन समेत दिइसकेका छन् ।

मन्त्री पुनको निर्देशनपछि देशभरका काठका पोल जतिसक्दो चाँडो हटाउने तयारी विद्युत प्राधिकरणले गरेको छ । देशभर काठका पोलको गणना कार्य भइहरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले २०६९ सालदेखि काठका पोल खरिद नगरे पनि स्थानीयले आफैं प्रयोग गर्ने गरेको प्राधिकरणले जनाएको छ ।

क्षति कसरी न्युनीकरण गर्ने ?

करेन्ट लागेर ज्यानै जाने भएकाले ग्राहक आफैं सचेत हुनु पर्ने देखिन्छ । पोलका नजिक भएका घाँस तथा बाँस काट्दा ध्यान दिनु पर्ने प्राधिकरणले जनाएको छ ।

गाउँ गाउँमा काठको पोलमा गाईवस्तु बाँध्ने र वस्तुले पोल हल्लाएर तार आपसमा जुधेर सर्ट भइ करेन्ट लाग्ने हुँदा यस्ता साना कुरामा पनि ध्यान दिनुपर्ने प्राधिकरणको सुझाव छ ।

त्यसैगरी कतिपय पूराना संरचना भएकाले प्राधिकरणकै कमजोरीका कारण करेन्ट लागेर ज्यान जाने गरेकाले त्यस्ता संरचना फेर्न प्राधिकरणले पनि ध्यान दिने जनाएको छ ।

हाइटेन्सन नजिक घर भएकाले अझ सावधानी अपनाउनु पर्छ । ट्रान्समिटर लगायत कतै खराबी भएर करेन्ट नआएको भन्दै आफैं बनाउन पोलमा चढ्दा ज्यान गएका समेत घटना बाहिर आएकाले गडबड भएमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि प्राधिकरणको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *