करेन्ट लागेर जान्छ वार्षिक दर्जर्नौं सर्वसाधारण र प्राविधिकको ज्यान

काठमाडौँ, साउन २८ । करेन्टका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । २०७३ सालमा २५ जनाको ज्यान गएकोमा ०७४ सालमा यो संख्या बढेर ३१ पुगेको छ ।

यसबाहेक पनि धेरैको ज्यान गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो संख्या प्राधिकरणका कर्मचारी र प्राधिकरणको लापरबाहीका कारण ज्यान गुमाएको सर्वसाधारणको मात्रै हो ।

२०७३ सालमा ९ जना प्राविधिकको ज्यान गएको थियो । १६ जना सर्वसाधारणले करेन्टका कारण त्यो वर्ष ज्यान गुमाएका थिए । २०७४ सालमा ज्यान गुमाउने कर्मचारीको संख्या घटे पनि सर्वसाधारणको भने संख्या बढेको हो ।

२०७१ सालदेखि २०७४ सालसम्म करेन्ट लागेर ९५ जनाले ज्यान गुमाएका छन् । यसमा ७८ जना सर्वसाधारण र १७ जना प्राधिकरणका कर्मचारी हुन् ।

उनीहरु प्राधिकरणबाट क्षतिपूर्ति पाउने मात्रै हुन् । प्राधिकरणबाट क्षतिपूर्ति नपाउनेको संख्या भने यहाँ समावेश छैन । प्राधिकरणले आफ्नो लापरवाहिका कारण ज्यान गुमाउनेलाई ५ लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार २०७१ सालमा १९ जना सर्वसाधरणको करेन्ट लागेर ज्यान गएको थियो भने २ जना प्राधिकरण कर्मचारीको ज्यान गएको थियो । २०७२ सालमा २ जना प्राधिकरणका कर्मचारीसहित १७ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *