थमन विक हत्या काण्डः अभियुक्त राज्यमन्त्री शर्माद्वारा आत्मसमर्पण

काठमाडौँ, साउन २८ । प्रहरीको फरार सुचिमा रहेका प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सोमबार बिहान अदालत समक्ष आत्मसमर्पण गरेका छन् ।

माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर शंकर साहीसहित प्रतिवादीहरुलाई अविलम्ब पक्राउ गर्न आदेश दिएको हो ।

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गतेका दिन महोत्तरीको जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको आन्दोलनकारीहरूले हत्या गरेको भन्दै उनकी पत्नीले महोत्तरी जिल्ला अदालतमा रिट दायर गरेकी थिइन् ।

प्रहरीको सूचीमा फरार भएकै बेला शर्मा प्रदेशसभा सदस्य र साही मेयर चुनिएका थिए । पछि शर्मालाई राज्यमन्त्री बनाइएको थियो । दुवै राजपाबाट निर्वाचित भएका हुन्।

यो मुद्दामा जलेश्वरका मिश्रील माझी, संजयकुमार साह र परिकौलीका मोहन ठाकुर थुनामा छन्। अन्य २८ जना फरार रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *