मोटोपना घटाइ फिट रहन अपनाउनुहोस् यी सरल उपाय

मोटोपन घटाउनु वा मोटो हुँदै नहुनु वा मोटोपन व्यवस्थापन गर्नु भनेको शरीरलाई स्लिम बनाउनु मात्र होइन । संभावित रोगको जोखिमबाट बच्नु पनि हो ।

मोटोपनले उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर लगायत मुटु सम्बन्धी रोग जन्माउँछ । यसले स्वासप्रश्वासमा असर गर्छ । भनिन्छ, बाँझोपन पनि ल्याउँछ ।

अनुचित खानपान, बढि आराम, मासिक धर्मको अनियमितता, थाइराइड, हार्मोनल असन्तुलन आदि कारणले मानिसको वजन बढ्ने गर्दछ ।

यस्ता छन् मोटोपना घटाउने उपाय

चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा नखाने, सकेसम्म उसिनेको खानेकुरा सेवन गर्ने । रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड नखाने ।

एकै पटक धेरै खाने, खाना खाइसकेर सुत्ने जस्ता बानी त्याग्दा राम्रो हुन्छ । थोरै थोरै तर धेरै पटक खानेकुरा सेवन गर्ने ।

खानेकुरामा सलादको मात्रा बढी हुनुपर्छ । ताजा फलफूल सेवन गर्ने । फलफूल, सलादको सेवनले मोटोपन नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

बढिभन्दा बढि पैदल हिँड्न प्रयास गर्ने । मोटोपना घटाउन कसरतको ठूलो भूमिका हुन्छ । नियमित कसरतले शरीरलाई चुस्त र स्लिम राख्छ ।

नास्ताले हाम्रो दिनभरीको पोषणसम्वन्धि आवश्यकतालाई पूरा गर्छ । त्यसैले नास्तालाई बढिभन्दा बढि पौष्टिक बनाएर खाने ।

ओखर बेस्सरी खानुपर्छ । यसले ओमेगा ३ फ्याटी एसिडको राम्रो मात्रा प्राप्त हून्छ, स्मरणशक्ति तेज रहन्छ र जवान राख्छ ।

स्लीम राख्न दहीले पनि निकै मद्दत गर्छ । दहीमा प्रोबायोटिक्स हुन्छ, जुन राम्रो ब्याक्टेरिया हो । यसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ । दैनिक एक कचौरा दही सेवन गर्नुभयो भने शरीरमा उर्जा पनि प्राप्त हुन्छ ।

आइरनबाट भरपुर चिजहरु जस्तै स्याउ र मूला खाँदा शरीरमा ताकत प्राप्त हुन्छ । साथै केही समय घाममा बसेर बदाम खाएमा स्फूर्तिको महसुस गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *