नेपालमा व्यवहारिक र प्राविधिक शिक्षाको अभाव छ

सुस्मा आचार्य पेशाले शैक्षिक परामर्शदाता हुन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को कार्य समिति सदस्य समेत रहेकी आचार्य सन् २०११ देखि प्यासिफिक इन्टरनेशनल स्टडी अब्रोड कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी छिन् ।

विद्यार्थीले स्वदेशमा होस वा विदेशमा गुणस्तरीय शिक्षा हासिल गर्नुपर्दछ भन्ने मान्यता राख्ने आचार्यसँग Studying Abroad का विविध विषयमा गरिएको कुराकानीको संक्षेपः

नेपाली विद्यार्थीहरु अध्ययनका लागि Abroad किन जाने ?

नेपालको परम्परागत शैक्षिक प्रणाली, पुरानो पाठ्यक्रमका कारणले विद्यार्थीमा Study Abroad को आकर्षण बढेको हो । नेपालमा व्यवहारिक र प्राविधिक शिक्षाको अभाव छ । जसकारण विद्यार्थीहरु अध्ययनका लागि बाहिरीने क्रम बढेको हो ।

नेपाली विद्यार्थी उच्च शिक्षा आर्जनको लागि Abroad जानु नराम्रो होइन । यदि सरकारले विदेशमा अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई नेपाल फर्केर आफुले हासिल गरेको ज्ञान र सिप सदुपयोग गर्ने वातावरण सिर्जना गरिदिने हो भने देश विकासमा पनि ठूलो टेवा पुग्न सक्छ ।

अर्को कुरा अध्ययनका लागि Abroad जाँदा विद्यार्थीहरुले अध्ययनका साथ साथै part time काम गर्न पाउँछन् । काम गर्दै पढ्दै गर्दा विद्यार्थीहरुले खान, बस्न र पढ्नका लागि आफैँ खर्च जुटाएर आत्मनिर्भर हुन सक्छन् । आत्मनिर्भर हुन तथा भविष्यमा आइपर्ने समस्यासँग एक्लै जुध्ने साहस राख्नका लागि पनि विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशिन उत्साहित देखिन्छन् ।

करियर निमार्णका लागि विदेश जानै पर्छ भन्ने छ र, नेपालमा पनि त गर्न सकिन्छ नी ?

भविष्य निर्माणका लागि विदेश नै जानुपर्छ भन्ने छैन । नेपालमा पढेका धेरै विद्यार्थीहरुले यहिँ पनि भविष्य सुनिश्चित गरेका हुन्छन् । विदेशमा पनि जुन विषय पढेको छ, त्यही विषयको काम पाउने सम्भावना विरलै हुन्छ । त्यसैले भविष्य बनाउनकै लागि Abroad जानुपर्छ भन्नु गलत हो । विद्यार्थीहरु आफ्नो भविष्यप्रति लगनशील र उत्तरदायी छन् भने जहाँ पढेपनि राम्रो पढेमा सहजै भविष्यको जग बलियो बनाउन सक्छन् । महत्वपूर्ण कुरा विदेशमा अध्ययन पुरा गरी नेपाल फर्किसकेपछि त्यहाँको सीप र डिग्रीको उचित सदुपयोग गरेमा विद्यार्थीको भविश्य अझ सुरक्षित र सुनिश्चित हुन्छ भन्ने हो ।

Abroad मा कस्ता विषयहरु अध्ययन गर्दा राम्रो हुन्छ ?

Abroad Study मा जाने विद्यार्थीका लागि सबै विषयहरु राम्रा र महत्वपूर्ण हुन्छन् तर, विद्यार्थीले कुन विषयमा आफ्नो लगाव छ, त्यो विषय अध्ययन गर्ने हो भने त्यसको नतिजा धेरै उत्कृष्ट निस्किन्छ ।
वैदेशिक अध्ययनमा छनौटमा व्यवस्थापन तर्फबाट अकाउन्टिङ, बिजनेस, लिडरसीप, इभेन्ट म्यानेज्मेन्ट, स्पोर्टस म्यानेजमेन्ट रहेका छन् । साइन्स, नर्सिङ, आइटी, इन्जिनियरिङ, फुड टेक्नोलोजी, माइक्रोबायोलोजी, बायोमेडिकल, चाइल्ड डेभलप्मेन्ट एण्ड केयर जस्ता विषयहरु पनि लोकप्रिय छन् ।

Abroad Study मा जाँदा विद्यार्थीलाई आइपर्ने समस्याहरु के–के हुन् ? त्यसको समाधान कसरी गर्ने ?

Abroad Study मा गएका विद्यार्थीहरुलाई हुने मुख्य समस्या भनेको खान र बस्न हो । त्यहाँ जाने बित्तिकै विद्यार्थीहरुलाई काम खोज्न र यात्रा गर्न पनि थोरै कठिन हुन सक्छ ।

त्यस्तै नेपालमा भन्दा विदेशी कलेज तथा विश्वविद्यालयमा हुने पढाइको तौरतरिका केहि फरक हुन्छ । पढाइको शैली बुझ्नका लागि पनि विद्यार्थीलाई समय लाग्न सक्छ । मुख्यतः विद्यार्थीलाई विदेशको रहनसहन, वातावरण, हावापानी र भाषाको समस्या हुने गर्दछ ।

अङ्ग्रेजी भाषा चलनचल्तीमा रहेका देशमा जाँदा विद्यार्थीहरुलाई तयारी कक्षा गराएर कोर्ष गरिसकेपछि मात्रै एप्लिकेशन गराइएको हुन्छ । त्यसैले विद्यार्थीलाई अङ्ग्रेजी भाषा प्रयोग हुने देशमा जाँदा थोरै सहज हुन सक्छ ।

विद्यार्थीहरुले त्यहाँ गइसकेपछि आफन्त तथा साथीभाइको सहयोगमा ती समस्याहरु समाधान गरेको पाइन्छ । हामी मार्फत गएका विद्यार्थीलाई हामीले यहिँबाट पनि गाइड गर्ने गरेका छौं ।

Abroad जान चाहने विद्यार्थीले के कस्ता प्रक्रियाहरु पुरा गर्नुपर्छ ?

Abroad Study मा जानका लागि सर्वप्रथम त विद्यार्थीहरुले+2 र ब्याचलरमा राम्रो नतिजा ल्याउनुपर्ने हुन्छ । त्यसपछि भाषा तयारी कक्षाः IELTS, TOEFL, SAT, PTE, GRE, GMAT जस्ता भाषिक विषयमा राम्रो अंक ल्याएको हुनुपर्दछ ।

त्यस्तै विद्यार्थीहरुको आर्थिक पक्ष पनि मजबुत हुनु जरुरी छ । जुन देशमा जाने हो त्यो देशको भिजा प्रक्रिया अगाडी बढाउन एकेडेमिक र फाइनान्सियल डकुमेन्ट देखाउन सक्नुपर्छ । साथै आवश्यक रकम खर्च गर्न सक्ने क्षमता पनि हुनुपर्दछ ।

विद्यार्थी तथा अभिभावकले कन्सल्टेन्सी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु के के छन् ?

बजारमा कन्सल्टेन्सीहरुको संख्या बढिरहँदा कुन सही हो कुन गलत हो छनौट गर्न अत्यन्तै गाह्रो हुँदै आइरहेको छ । विद्यार्थीले कन्सल्टेन्सी र काउन्सेलर छनौट गर्दा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

जुन कन्सल्टेन्सीबाट Abroad जान लागिएको हो, त्यो कन्सल्टेन्सी शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्था हो कि होईन, त्यहाँ कार्यरत परामर्शदाताहरु विदेशी तथा स्वदेशी परामर्श सम्बन्धि तालिम प्राप्त हुन् कि होईनन्, त्यो कन्सल्टेन्सीले विगतमा कुन देशको लागि कसरी कति विद्यार्थीहरु पठाइरहेको छ, ती विद्यार्थीहरुको रिफ्रेन्स कस्तो छ ? लगायतका विषयमा विद्यार्थी तथा अभिभावकले बुझ्न आवश्यक छ ।

प्यासिफिक कन्सल्टेन्सी test preparation मा Outstanding रिजल्ट दिन सफल कन्सल्टेन्सी हो

प्यासिफिक कन्सल्टेन्सीलाई विद्यार्थीले किन विस्वास गर्ने ?

प्यासिफिक कन्सल्टेन्सी २०११ मा स्थापना भएको हो । यो कन्सल्टेन्सी शिक्षा मन्त्रालयबाट व्यवसाय सञ्चालनका लागि स्वीकृति प्राप्त संस्था हो । यहाँ कार्यरत परामर्शदाताहरु QEAC, ICEF, ENZ, TOFFL TEST RESOURCE TRAINING जस्ता अन्तर्राष्ट्रिय स्तरका तालिम प्राप्त छन् ।

प्यासिफिक कन्सल्टेन्सी test preparation मा Outstanding रिजल्ट दिन सफल कन्सल्टेन्सी हो । यो कन्सल्टेन्सीले विशेष गरेर करिअर काउन्सिलिङको काम गर्दछ ।

हामी विद्यार्थी अभिभावकलाई कुनैपनि प्रकारको गलत सुचना प्रवाह गरेर काम गर्दैनौं ।

हामी अभिभावक तथा विद्यार्थीहरुलाई Test Preparation र करिअर काउन्सिलिङको लागि एक पटक Pacific Study Abroad Consultancy (बागबजार, काठमाडाैं) मा भ्रमण गर्न सल्लाह दिन चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *