प्रतिनिधिसभाको बैठक आज, नागरिकता संशोधन लगायतका विधेयक पेस गरिने

काठमाडौँ, साउन २८ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संविधान कार्यान्वयनका लागि आवश्यक ऐन/कानून निर्माणका लागि विधेयक पेस गर्न प्रतिनिधिसभाको बैठक बस्न लागिएको हो ।

बैठकमा मौलिक हक, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक लगायत पेस गर्ने तयारी रहेको छ ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरी बैठक स्थगित गरेको थियो ।

आजको बैठकमा पनि काँग्रेसले निशान खड्का हत्या प्रकरण, महँगी लगायतका विषयमा प्रश्न उठाउने तयारी गरेको बताइएको छ ।

असोज २ गतेभित्र मौलिक हक लगायतका विभिन्न ऐन जारी गर्नुपर्ने संवैधानिक बाध्यता रहेका कारण सरकारले १४ वटा विधेयक संसदमा दर्ता गराएको छ ।

सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेका विधेयक लगायत १४ वटा विधेयक संसदमा दर्ता गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =