कप्तानका रुपमा मेस्सीको पहिलो उपाधि, बार्सिलोना बन्यो स्पेनिस सुपर कपको च्याम्पियन

काठमाडौँ, साउन २७ । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । केही दिनअघि मात्रै मेस्सीलाई क्लबको कप्तानीको जिम्मा दिएको बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि हात पार्न सफल भएको हो ।

मोरक्कोमा आइतबार राति भएको खेलमा सुरुवाति अग्रता सेभिल्लाले लिएतापनि बार्सिलोनाले सेभिल्लालाई २–१ ले हराउँदै ला लिगा तथा कोपा डेल रे च्याम्पियन सुपर कपको उपाधि पनि उचालेको हो ।

९ औँ मिनेटमा पाब्लो साराबिएले गोल गरे । सुरुमा अफसाइड भएको भन्दै रेफ्रीले यो गोललाई मान्यता दिएनन् तर भिडियो एसिस्टेन्ट रेफ्री, भिएआरले अफसाइड देखाएन र गोलले मान्यता पायो । ४२ औँ मिनेटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७८ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर खेलको अन्तिम समयमा सेभिल्लाले पेनाल्टी पायो ।

यसले बार्सिलोनामाथि दबाब परेको थियो । तर गोलरक्षक मार्क–आन्द्रे टेर स्टिगनले सुन्दर बचाउ गरे र बार्सिलोनाको जित निश्चित गरे । स्टिगनले एलेक्स भिडाललाई फउल गरेपछि सेभिल्लाले पेनाल्टी पाएको थियो ।

तर बेन यड्डरले प्रहार गरेको पेनाल्टी स्टिगनले सुन्दर बचाउ गरे । बार्सिलोनाले सुपर कपका पछिल्ला १० सिजनमा ९ पटक खेलेको छ । तर एक लेग र विदेशी भूमिमा भएको यो पहिलो खेल हो ।

कप्तानका रुपमा मेस्सीको पहिलो उपाधि हो ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *