आज सोमबार, यस्तो छ तपाईँको राशिफल

काठमाडौँ, साउन २८ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक काम गर्न गाह्रो महसुस हुनेछ । बिना कारण तनाव बढ्ने तथा पढाई लेखाइमा पछि परिनेछ । गलत कामहरू भुलेर पनि नगर्नु होला तुरुन्तै दण्ड तथा जरिवाना हुने समय रहेको छ । मध्यान्हबाट समय राम्रो रहेकोले प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा): स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरि प्रसिद्धि कमाउन्न सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो): मिठो बोल्दा पनि विपक्षीहरूले गलत अर्थ लगाई तपाईँको साख गिराउँन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नै हरूले रुपैयाँ पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन्न सक्छ ध्यान दिनुहोला । कुटुम्ब तथा आफन्तसँग कुनै पनि काम गर्दा ध्यान दिनुहोला पछि आर्थिक कुरामा राय बजिने तथा मनमुटाव सिर्जना हुन्न सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ भने व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । अवसरहरूको सदुपयोग गर्न नसक्दा विभिन्न फाइदा जनक कामहरू अरूकै पोल्टोमा पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रज सँग राय बजिने तथा मनमुटाव बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाव बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन्न सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु): चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएरु जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): नयाँ काममा हात हाल्ने समय रहे पनि उपलब्धि भने ढिला मात्र प्राप्त हुनेछ । लामो दुरीको यात्राको सम्भावना रहे पनि यात्राका क्रममा ध्यान दिनुहोला झन्झट हुन सक्छ । पढाई लेखाइमा समय खर्चिए पनि भनेजस्तो रिजल्ट नआउने योग रहेको छ । अरूकै काममा समय जाने हुनाले आफ्नो काम थाती रहनेछ । आध्यात्मिक तथा धार्मिक क्षेत्र समय खर्चिए केही लाभ हुनेछ । प्रशासनिक क्षेत्रमा अनावश्यक ढिला सुस्तीको चपेटामा परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा): व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा विलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ । अध्ययन अध्यापनमा समग खर्चिने हरूले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन्न सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ ।

ज्योतिषी गणेश काफ्ले

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *