पानीको अभावमा धान बाली सुक्न थाल्यो, किसानहरु चिन्तित

२०७४ जेठ १५ गते

“
जनकपुर, साउन १० । पानीको अभावमा धनुषामा धानबाली सुक्न थालेको छ । धनुषाको अधिकांश स्थानका खेतहरुमा चिरा देखिन थालेको छ । धनुषाका लोहना वभनगामाका किसान मोहम्मद मोजिबुलले पानी नपरेका कारण खेतमा सुख्खा भएर धानको बिरुवा मर्न थालेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पानीको अभाबमा अधिकांश खेत बाँझो नै रहेको छ, जुन खेतमा धानबाली लगाइएको छ त्यो खेतमा चिरा देखिन थालेको छ । समयमै पानी नपरेका कारण धनुषामा हाल सम्म २६ प्रतिशत मात्रै धान रोपाई हुन सकेको छ ।
तराईका जिल्लाहरु मध्ये धनुषा धानको लागि उपयुक्त जिल्ला मानिए पनि समयमै पानी नपरेका कारण तथा सिचाईको अभावमा हाल सम्म ८० प्रतिशत रोपाई भईसक्नुपर्नेमा २६ प्रतिशत मात्र धान रोपाई हुन सकेको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित