जापान पुगेपछि श्रीमती र छोरीको बेवास्ता

काठमाडौं, साउन २७ । १५ वर्षदेखि जापानमा बस्दै आएका एक नेपालीलाई श्रीमती र छोरीमाथि कुनै हेरचाह नगरी अलपत्र पारेको आरोप लागेको छ ।

विगत १५ वर्षदेखि जापानमा बस्दै आएका चितवनको कालिका नगरपालिका –७ स्थायी ठेगाना भएका डा. कमल लामिछानेले श्रीमती अनुराधा भट्टराई र छोरी रिजुलाई हेरचाह नगरेर अलपत्र पारेको आरोप लागेको हो ।

श्रीमानले कुनै हेरचाह नगरेको भन्दै जिल्ला अदालत काठमाडौंमा पीडितद्धारा अंशबण्डाको मुद्दा समेत दायर भएको छ ।

पीडित अनुराधाले गएको चैत ७ गते दर्ता गराएको फिराद पत्रमा मुलुकी ऐन अदालती बन्दोबस्तको ८२ नम्बरले आफ्नो हकमा पुग्ने अंशबन्डाको १,२,३ र १० नम्बर समेतको आधारमा अंशबण्डा नभएको भन्दै अंशको दाबी गरिएको छ ।

जसमा छोरी रिजुको हकमा साक्षीको रुपमा आमाको हैसियतमा र आफ्नो हकमा समेत फिराद माग दाबीसहित अंश दिलाई पाउँ भन्दै निवेदन दिइएको छ ।

मुद्दामा अनुराधाले कमलसँग २०७० असार २७ मा सामाजिक परम्परा अनुसार बिबाह भएको र गएको असोज २५ मा मात्रै छोरीको जन्म भएको उल्लेख गरिएको छ । अनुराधा र उनले जन्म दिएको शिशु रिजु सबलाङ्ग भएपनि कमल भने दृष्टिबिहिन भएको बताइएको छ ।

अदालतमा दायर गरिएको निवेदनमा भनिएको छ, ‘हाम्रो घर परिवारमा सम्पत्ति भएर पनि सम्पत्ति नभएजस्तो गरेर बस्नु परेको कारण जीवन सञ्चालन कठीन भएकाले प्रस्तुत फिराद लिई यस अदालतको शरणमा आएका छौं ।’ कमल र अनुराधा छोरीसहित जापानमा बस्दै आएको भएपनि परिवारका अन्य सदस्य चितवन र कुलेश्वरमा बस्दै आएका छन् ।

अनुराधाले प्रतिवादी बनाएर श्रीमानसहितका परिवारका सदस्यलाई अदालतमा मुद्दा दायर गरेपनि कमलले छलछाम गरेको बताइएको छ ।

कमलले आमा तथा दाजुहरुबाट अंश लिएर पनि श्रीमती र छोरीले अंश माग गर्दा उल्टै पाएको छैन् भन्दै उनीहरुलाई अंशबाट बन्चित गर्न खोजी आफूहरुलाई समेत तनाव सिर्जना गराएको भन्दै गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *