ज्योती विकास कोषको चौँथो साधारणसभा सम्पन्न

“
काठमाडौँ, साउन २७ । ज्योती विकास कोषको चौँथो साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित साझा पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक हरिप्रसाद पाठक रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले समाजमा छरिएर रहेका स–साना पुँजिलाई एकत्रित गर्दै समाजमै लगानी गरेर निम्न आर्थिकस्तर भएका परिवारको जीवनस्तर उकास्न सहयोग गरेकोमा कोषले गरेको कार्यको प्रशंसा गरे ।
कार्यक्रमका सभापति एवं कोषका अध्यक्ष मोहन कुमार डाँगिले सुरुवाति अवस्थामा ३३ जना सदस्यबाट सुरु गरेको कोषमा हाल ९६ जना सदस्य रहेको जानकारी गरेका थिए ।
उनले कोषले आर्थिकस्तर कमजोर भएका परिवारलाई न्युन ब्याजदरमा पुँजि लगानी गरि उनिहरुको आर्थिकस्तर उकास्ने काम गरेको बताए । साथै उनले आगामी दिनमा कोषको सदस्य संख्यामा वृृद्धि गर्दै समाजमा बचत गर्ने बानिको बिकास गर्ने बताए ।
कार्यक्रममा कोषको तर्फबाट आ.व. २०७४/०७५ सालको वार्षिक आयव्यय विवरण सार्वजनिक गरिएको थियो । कोषको तर्फबाट कुल आम्दानी तर्फ ३० लाख ८८ हजार ९ सय ४५ रुपैयाँ, खर्च तर्फ ८० हजार ४१६ रुपैयाँ, बचत फिर्ता ३२ हजार ३ सय ७ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
यसैगरी कोषले नयाँ कार्यसमिति पनि चयन गरेको छ । जसअनुसार अध्यक्षमा मोहन कुमार डाँगी, उपाध्यक्षमा सुर्य थापा, सचिवमा ठाकुरनाथ चौलागाई, कोषाध्यक्षमा पवित्रा वली र सदस्यहरुमा रायचन्द्र गिरी, भद्रशिला रसाइली, र इश्वरी पण्डित रहेका छन् ।
“








