प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतकाे आदेश
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २७। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन थुनामा राख्न आदेश दिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान नसकिएको भन्दै थप १५ दिन म्याद थप गर्न माग गरेको थियो । यसअघि प्रहरीले चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो
प्रहरीले खड्कालाई साउन २२ गते दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ गरेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








