करवृद्धिको विरोधमा काँग्रेससहित सात राजनीतिक दलको रिले अनशन

चितवन, साउन २७ । चितवन नगरपालिकामा करवृद्धिको विरोधमा रिले अनशन शुरु भएको छ । आन्दोलनमा उत्रिँदा समेत नगरपालिका तथा जनप्रतिनिधिले करवृद्धिको विषयमा चासो नदिएको भन्दै चितवनको रत्ननगर नेपाली कांग्रेस लगायत सात राजनीतिक दलले रिले अनशन शुरु गरेका हुन् ।

वृद्धि भएको कर तत्काल फिर्ता हुनुपर्ने माग गर्दै दलहरुले संयुक्त संघर्ष समिति नै बनाएर आन्दोलन सुरु गरेका हुन् ।

रत्ननगर नगरपलिकाले एक हजार प्रतिशतसम्म कर वृद्धि गरेको अनशनरत दलका कार्यकर्ताहरुको आरोप छ ।

रत्ननगर नगरपालिकाले भने करको दरमा वृद्धि नभएको तर, जग्गाको मूल्याङ्कन बढेको तर्क गरेको छ ।

अनशनरत दलका कार्यकर्ताले नगरपालिकाको राजस्व शाखामा अवरोध पुर्‍याएका छन् । अवरोधपछि कर राजस्व संकलन कार्य बन्द भएको छ ।

अघिल्लो वर्ष १५ लाख ६१ हजार रुपैयाँ मूल्याङ्कन भएको जग्गाको अहिले मूल्याङ्कन बढेर ८६ लाख ९७ हजार पुगेकाले कर बढेको नगरपालिकाको दाबी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =