“युवाका लागी सुरक्षित स्थान” बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कैलाली, साउन २७ । १९ औ अन्तराष्ट्रिय युवा दिवस २०१८ को अवसरमा बसन्त मुरारी माध्यमीक विद्यालय बर्दगोरिया गाउपालिका १ बौनीयामा माध्यमिक तहका विद्यार्थीहरुका लागि “युवाका लागी सुरक्षित स्थान” बिषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

विद्यालयका प्राधानाध्यापक भुमि प्रकास बमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको कक्षा ९ र १० मा अध्यनरत २२ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । जसबाट बिष्णा खतिवडा प्रथम, कमल जोशी द्धतिय, राजन गौतम तृतिय र डिम्पल पुनमगर सानत्वना स्थान हासील गर्न सफल भएका छन् ।

पुरस्कृत हुने विद्यार्थीहरुलाई प्रतियोगिताका निर्णायक महेश्वर विनाडी, गीता कडायत, बर्दगोरिया गाउपालिका शिक्षा साखाका प्रतिनीधि निरिक नन्द लाल कर्ण, स्टेम परियोजना फिल्ड मोनीटर विनिता चौधरी, विद्यालयका सहायक प्रधानाध्यापक राकेश हमाल, प्रधानाध्यापक भुमी प्रकास बम लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै शिक्षा साखा प्रतिनिधि निरिक नन्द लाल कर्णले विद्यार्थी र त्यस पनि युवा अवस्थाका विद्यार्थीहरु भविष्यका कर्णदार मात्र नभएर वर्तमानका साझेदार समेत रहेकाले युवाहरुले वर्तमान अवस्थामा हुने हरेक परिवर्तनको हिस्सा बन्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजना (स्टेम–२) को आर्थिक तथा सहयोग र विद्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा उपस्थित विद्यार्थीहरु मध्य गोलाप्रथाद्धारा चुनिँदै अशोक माश्के पुरस्कृत हुन सफल भएका थिए ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, स्टेम परियोजनाकी समाजिक सहजकर्ता नारायणी गौतम, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लिलारम बिकले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *