भरतपुर अस्पताललाई टर्सरी अस्पताल बनाइनेः स्वास्थ्यमन्त्री यादव
२०७४ जेठ १५ गते

“
भरतपुर, साउन २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भरतपुर अस्पतालको निरीक्षण गरेका छन् ।
निरीक्षणपछि मन्त्री यादवले भरतपुर अस्पताललाई टर्सरी अस्पतालको रूपमा विकास गरिने बताए । निरीक्षणको क्रममा मन्त्री यादवलाई अस्पतालमा आएका बिरामीहरुले व्यहोर्न परेको समस्याबारे बताएका थिए ।
काठमाडौंको वीर अस्पतालपछि सबैभन्दा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा भरतपुर अस्पताल चिनिएको छ ।
उनले प्रत्येक स्थानीय तहमा प्राइमरी लेबलको अस्पताल निर्माण गरेर भरतपुरलगायतका अस्पतालमा देखिएको भीड कम गर्न सकिने जीकिर गरे ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








