मिरमिरेद्धारा साहारा घर निर्माणमा आर्थिक सहयोग

कैलाली, साउन २७ । मिरमिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले बर्दगोरिया गाउपालिका २ बर्दगोरियामा सञ्चालनमा रहेको असाहयका लागि सहयोगी हातहरु नेपालको साहारा घर निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

शनिबार धनगढीमा आयोजीत कार्यक्रममा संस्थाले घोषणा गरेको रु ५० हजार सहयोगको चेक आइतबार बर्दगोरियामा रहेको साहारा घरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष टेक बहादुर बोहरा, सञ्चालक समिति सदस्य मनबाहिन राई, कार्यकारी प्रमुख लक्ष्मीप्रसाद देवकोटा लगायतले साहारा घरका सञ्चालक बल बहादुर बिष्टलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा साहारा घरले नयाँ निर्माण गर्न गइरहेको भवनको समेत शिलान्यास गरीएको थियो । लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै संस्थाका सञ्चालक मनबाहिन राईले साहारा घरले गरीरहेको कार्यलाई आफुले प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गरेको भन्दै आगामी दिनमा आफ्नो व्यक्तीगत र संस्थाको तर्फबाट निरन्तर सहयोग गर्दै जाने बताए ।

राइले सोही अवसरमा आफ्नो व्यक्तीगत तर्फबाट नगद १० हजार १ सय १५ रुपैया समेत सहयोग गर्नु भएको थियो । कार्यक्रममा उपस्तिथ बर्दगोरिया गाउपालिका का स्थायी बासिन्दा र हाल मिरमिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको साखा कार्यालय कलैयाका प्रबन्धक अमर ओलीले समेत व्यक्तीगत तवरबाट नगद ३ हजार सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष टेक बहादुर बोहराले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत यो सहयोग गरेको कुरा उल्लेख गर्दै संस्थाले आगामी दिनमा सहयोगलाई निरन्तरता दिने कुरा उल्लेख गरेका थिए ।

कार्यक्रममा संस्थाका प्रबन्धक बिर्ख बोहरा, सहायक प्रबन्धक बिष्णु सुवेदी लगायत संस्था सञ्चालनमा रहेको देशैभरका २५ जिल्लाका ५१ वटा शाखाका प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।

साहारा घरको महासचिव बिकास थापाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको संचालन साहारा घरका अध्यक्ष बल बहादुर बिष्टले गरेका थिए । हाल साहारा घरले करीब २५ जना असाहय घरबारबिहीन र सडक जीवनयापन गरिरहेकाहरुलाई साहारा दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *