सबै मिलेर महिला र पुरूषमाथी हुने विभेदलाई अन्त्य गर्नुपर्छः मेयर घनश्याम गिरी

काठमाडौँ, साउन २७ । युथ अलार्म नेपालले एक दिने लैङ्गिक विकास तालिम सम्पन्न गरेको छ ।

युथ अलार्म नेपालले महिलाहरूलाई सशक्तीकरण गर्ने उदेश्यले चन्द्रागिरि नगरपालिका ८ मातातिर्थमा एक दिने लैङ्गिक विकास तालिम सम्पन्न गरेको हो ।

कार्यक्रममा चन्द्रागिरि–८ का विभिन्न आमा समुहको अगुवा महिला तथा स्वयम् सेविकाहरुगरी करिब ४० जना महिलाहरुलाई एक दिने लैङ्गिक विकास तालिम प्रदान गरिएको हो ।

कार्यक्रमको उद्घाटनमा बोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले जब सम्म अशिक्षितलाई शिक्षित बनाईँदैन र शिक्षितको मानसिकता बदलिदैन तबसम्म महिलाका नाममा हुने विभेद र हिंसा अन्त्यको कल्पना गर्न नसकिने बताए ।

मेयर गिरीले भने, “”सवाल पुरातनवादी समाजको निरन्तरता वा समतामुलक समाज बनाउने भन्ने हो । महिलाको नाममा हुने विभेदमा अशिक्षा, अभाव र मानसिकताले प्रश्रय दिएको स्पष्ट देखिन्छ । राज्यको मानसिकता, पुरुषको मानसिकता र स्वयं महिलाको मानसिकताले विभेदलाई मलजल गरेको छ । सबै मिलेर महिला र पुरूषमाथी हुने विभेदलाई अनत्य गर्ने सबै जागरुक बन्नुपर्छ अनि मात्र समृद्ध नगरको परिकल्पना गर्न सकिन्छ ।””

कार्यक्रममा युथ अलार्म नेपालका अध्यक्ष सन्जीव कुमार थापाले समाज रूपान्तरणको पाटोमा महिला पुरूषको समान दायित्व हुने हुँदा लैङ्गिक विभेदलाई समाजवाट चिर्न सके देश समुन्नतितर्फ लम्कने बताए ।

सहभागिलाई संस्थाका अध्यक्ष सन्जीव कुमार थापा तथा सचीव उमेश सेढाईले तालिम प्रदान गरेको थिए । तालिममा सहभागीले उक्त तालिम सारै उपयोगी , प्रभावकारी र नवीन विषयमा भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *