विराटनगरका मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम बिस्फोट

काठमाडौँ, साउन २७ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर रहेको प्रतिक्षालयमा बम बिस्फोट भएको छ ।

आइतबार दिउँसो करिब साढे २ बजेतिर मेयर पराजुलीको कार्यकक्ष बाहिर बम बिस्फोट भएको हो । बिस्फोटबाट मेयरको गाडीसहित कार्यलयमा रहेका सोफा र सिसाहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

कार्यालय परिषरमै बम बिस्फोट भएपछि कर्मचारी र कार्यलयमा सेवा लिन आएका सेवाग्राहीमा भागदौड मच्चिएपछि कार्यालयलाई प्रहरीले घेराबन्दी गरेर राखेको छ । बम कसले बिस्फोट गराएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *