विराटनगरका मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम बिस्फोट
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन २७ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर रहेको प्रतिक्षालयमा बम बिस्फोट भएको छ ।
आइतबार दिउँसो करिब साढे २ बजेतिर मेयर पराजुलीको कार्यकक्ष बाहिर बम बिस्फोट भएको हो । बिस्फोटबाट मेयरको गाडीसहित कार्यलयमा रहेका सोफा र सिसाहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
कार्यालय परिषरमै बम बिस्फोट भएपछि कर्मचारी र कार्यलयमा सेवा लिन आएका सेवाग्राहीमा भागदौड मच्चिएपछि कार्यालयलाई प्रहरीले घेराबन्दी गरेर राखेको छ । बम कसले बिस्फोट गराएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








