‘दाल भात तरकारी’ मा हरिवंशको जोडी निरुता सिंह, फाप्ला त ‘कमब्याक’ ?

काठमाडौँ, साउन २७ । नेपाली फिल्म इन्ड्रस्टिमा अध्यधिक चर्चा बटुलेर दर्शकको मनमा बस्न सफल भएकी अभिनेत्री निरुता सिंहको कमब्याक भएको छ ।

नाइँ नभन्नु ल– ५ मा अथितिको भुमिकामा देखा परेकी निरुताको पुनः कलिउडमा कमब्याक गर्ने भएकी हुन् । लामो समयदेखि नेपाली सिनेमाभन्दा बाहिर रहेकी निरुताले मह सञ्चारले निर्माण गर्न लागेको सिनेमा ‘दाल भात तरकारी’ मार्फत कमब्याक गर्ने भएकी छिन् ।

केही समय अघि निरुताको फिल्म हेर्न फ्यानहरुको लाइन लाग्ने गथ्र्यो । उनी पहिलेकी निक्कै नै चर्चित अभिनेत्री हुन् । केही दिन अघि नायिका स्वस्तिमा खड्का र पुष्पल खड्का सिनेमामा रहने खबर बाहिरिएको दाल भात तरकारीमा नायिका निरुता सिंह पनि फाइनल भएकी हुन् ।

निरुताका अलवा यस सिनेमामा नायिका वर्षा राउतको पनि प्रवेश भएको छ । नायिका स्वस्तिमा खड्का, पुष्पल खड्का यस सिनेमामा रहने लगभग निश्चित भइसकेको छ ।

सिनेमामा मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुषाल, राजाराम पौडेल, मोहितवंश आचार्य, विल्सनविक्रम राईलगायतका कलाकारहरु रहनेछन् । मंसिर पहिलो सातादेखि छायांकनमा जाने यो सिनेमा अर्को वर्षको वैशाख १३ गते प्रदर्शन हुनेछ ।

मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा बन्न लागेको सिनेमा दाल भात तरकारीलाई केसीका छोरा सुदन केसीले निर्देशन गर्ने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *