तिर्न नसक्नेलाई करको ‘बोझ’ लगाइँदैन– अर्थमन्त्री खतिवडा

काठमाडौँ, साउन २७ । सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री डा. युवराज खतिवडाले कमजोर वर्गलाई कर तिर्न नलगाउने स्पष्ट पारेका छन् ।

काठमाडौँमा आईतबार आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई करको चपेटामा नपार्ने स्पष्ट पारेका हुन् ।

गोष्ठीमा बोल्दै उनले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन समेत दिए।

उनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण गराउँदै दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराए ।

अर्थमन्त्री खतिवडाले राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाढि बनाउन कर लिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *