प्रियंका–आयुषमानले फेरी गरे इंगेज्मेन्ट ! आवश्यक्ता कि बाध्यता ?

“
काठमाडौँ, साउन २७ । अहिलेकी चर्चित अभिनेत्री तथा मोडल प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी फेरी इंगेज्मेन्ट गरेका छन् ।
लामो समयदेखि प्रेममा रहेका यी जोडी बेला बखतमा चर्चामा आइरहन्छन् प्रेमकै शिलशिलामा । केही समय अघिमात्रै सुटुक्क इंगेज्मेन्ट गरेका यी दुईले पुनः इंगेज्मेन्ट गरेका छन् । उनीहरुले शनिबार पारिवारिक जमघटका बीच द्वारिकाज होटलमा औँठी साटासाट गरी फेरी इंगेज्मेन्ट गरेका हुन् ।
लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । सिमित चलचित्रकर्मीहरुको उपस्थितिमा उनीहरुले डबल इंगेज्मेन्ट गरेका हुन् । कार्यक्रममा दीपकराज गिरी, दिपाश्री निरौला, बर्षा राउत, संजोग कोईराला, निश्चल बस्नेत स्वस्तिमा खड्का लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
पहिलोपटक ईन्गेजमेण्ट गरेलगत्तै फिल्म ‘कथा काठमाडौं’ को एक गीतको भिडियोमा नायिका प्रियंका र नायक प्रमोद अग्रहरी बिचको आपत्तीजनक दृश्यहरु सार्वजनिक भएका थिए । यसमा धेरैजसोले नकारात्मक टिप्प्णी गरेका थिए । त कतिले उनीहरुबीचको सम्बन्धमा नै दरार आउने भविष्यवाणी गरेका थिए ।
शुभचिन्तकलाई भने आयुषमान र प्रियंका बिचको सम्बन्ध के होला भन्ने व्यग्र चिन्ता थियो । यसै आलोचनालाई चिर्न आयुष्मान र प्रियंकाले हालै फेरी इंगेज्मेन्ट गरेको हुनसक्ने धेरैको तर्क छ ।
“








