चित्रबहादुर केसीलाई राजपा नेता यादवको प्रश्नः संघीयता स्वीकार नगर्ने अनि सरकारमा गएर उपप्रधानमन्त्री बन्ने ?

काठमाडौँ, साउन २७ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले चित्रबहादुर केसीलाई संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

केसी संघीयता विरोधी भएको आरोप लगाउँदै यादवले भने,“संघीयता स्वीकार नगर्ने अनि सरकारमा गएर उपप्रधानमन्त्री बन्ने ? यो कुन नैतिकता हो ? संघीयतामा चुनाव लड्ने ? यस्ता कुरा छोड्नुस् ।”

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भनेजस्तो संघीयताले देश टुक्र्याउने कुरा अफवाह मात्रै भएको बताउँदै उनले संघीयताले राष्ट्र बलियो हुने बताए ।

संघीयताले सबै नेपाली जनता अधिकार सम्पन्न हुने र विकासको गति अघि बढ्ने उनको भनाइ थियो ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले कुनै पनि देशमा संघीयता लागु हुँदा तत्कालै नतिजा आउन नसक्ने भन्दै विस्तारै सफल हुने बताए । उनले जनताले चाहेको संघीयता सफल हुने दावी समेत गरे ।

प्रदेशलाई स्वायत्त बनाउनुपर्ने सवालमा सरकारको गतिविधी कमजोर देखिएको बताउँदै यादवले अहिलेको सरकारले बनाउनुपर्ने सबै कानुन तत्काल बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *