पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध
२०७४ जेठ १५ गते

“
बैतडी, साउन २७ । केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ ।
बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६.३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








