‘कर बढाइएको भन्ने भ्रम मात्र हो, हौवाको पछि नलाग्नुस्’ – मन्त्री आङ्बो

झापा, साउन २७ । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले कर नबढाएको स्पष्ट पारेका छन् ।

२४ औँ विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ बेलबारीले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री आङ्बोले सरकारले कर नभइ करको दायरा मात्र बढाएको स्पष्ट पारेका हुन् ।

सरकारले अत्यधिक कर थोपरेको भनेर उद्योगी व्यवसायीबाट विरोध भइरहेको बेला मन्त्री आङ्बोले कर बढाएको भन्ने भ्रममात्र भएको दावी गर्दै उनले भने, ‘तीन तहको सरकारका कारण दोहोरो करको मार पर्यो भन्ने भ्रममा नपर्न र यस्तो भ्रम नछर्न अनुरोध गर्दछु ।’

साथै कार्यक्रममा मन्त्री आङ्बोले वर्षौंदेखि कर छली गर्दै आएकाहरुको हौवाका पछि नलाग्न अनुरोध समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *