कांग्रेसमा विवाद भएपछि मन्त्रीपरिषद विस्तारमा ढिलाई

काठमाडौं, साउन १० । नेपाली कांग्रेस भित्र मन्त्रालयको भागबण्डामा सहमति हुन नसक्दा मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच क–कसलाई मन्त्री बनाउने र कुन समुहले कति मन्त्रालय पाउने भन्नेमा विवाद भएपछि आज हुने भनिएको मन्त्रिमण्डल विस्तारको काम रोकिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आज बिहानैबाट मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक गृहकार्यमा जुट्नुभएको छ । तर, पौडेल समुहको अडानका कारण आज मन्त्रीमण्डल विस्तार हुन नसकेको नेताहरुले बताएका छन् । पौडेल पक्षले ६ वटा महत्वपुर्ण मन्त्रालय नपाए आफ्नो समुह सरकारमा नजाने बताउदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *