साेलुखुम्बु: हिमतालमा बेपत्ता विद्यार्थीको खोजी कार्य असफल, गोताखोर टोली फर्कियो

साेलुखुम्बु, साउन २७ । गाेक्याे हिमतालमा ढुबेर बेपत्ता विद्यार्थीको खोजी कार्य असफल भएको छ । करिब एक साता देखि गोक्यो हितालमा डुबेर बेपत्ता विद्यार्थीको खोजी सम्भव नभएपछि शनिबार गोताखोर टोली फर्किएको हो ।

हिमतालमा पानीको सतह धमिलो हुनका साथै मौसम प्रतिकुलताका कारण उद्धार गर्न कठिनाइ भएका कारण टोलि फर्किएको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ । पानी अत्याधिक चिसो भएकाले पनि खोजी कार्य थप प्रभावित भएको गोताखोर टोलीले जनाएको थियो ।

४ दिन देखि खोजिमा सकृय गोताखोरको टोलीले बुधबार एक विद्यार्थीको निकाले पनि बाँकी दुईजना विद्यार्थीको खोजी गर्न असफल भएको खुम्बु पासाङल्हामु गाउपालिकाले जनाएको छ । बेपत्ताको खोजी गर्ने क्रममा शुक्रबार एक जना गोताखोर घाइते भएका छन् ।

खोजी गर्ने क्रममा खुट्टा मर्किएर एक जना गोताखोर घाइते भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राना मगरले जानकारी दिनुभयो । गएको साउन १९ गते शनिबार शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालय खुम्बु पासाङल्हामु–४ का ३३ जना विद्यार्थी मध्ये ३ जना विद्यार्थी पौडी खेल्ने क्रममा हिमतालमा डुबेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *