इनार सफा गर्ने क्रममा काठमाडौँको चुनदेवीमा दुई जनाको मृत्यु

काठमाडौँ, साउन २७ । इनार सफा गर्ने क्रममा शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामा रहेका छन् । काठमाडौँ महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थलमै मृत्यु भएको हो भने लामाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

इनारभित्र पहिले छिरेका लामा अक्सिजन नभएर आत्तिएपछि महर्जनले उनलाई उद्धार गर्न जाँदा उनको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *