व्यवस्थापिका संसदको बैठक आज बस्दै

काठमाडौं, साउन २७ । झण्डै एक हप्ताको स्थगनपछि व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । संघिय संसदले नागरिकता संसोधन गर्न बनेको बिधेययक आज प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

बैठक दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । विधेययक संसदिय प्रक्रियामा जान लाग्दा अङ्गिकृत नागरिकताको विषय फेरि बहसमा आएको छ । महिला अधिकारकर्मिहरुले संविधानले नै अगिंकृत नागरिकता वितरणमा विभेदकारी निति लिएको भन्दै बिरोध गरेका छन् ।

संविधानविदहरुले भने संविधानमा महिलाहरुलाई कुनै पनि किसिमको विभेद नभएको दाबी गरेका छन् ।   महिला सांसदहरुले भने संविधान संसोधनको लागि पहल गर्ने बताएका छन् । संविधानकोभाग–२ धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख भएअनुसार आमाको वा बुवाको नामबाट नागरिकता लिन सकिन्छ ।

तर संविधानको धारा ११ दफा ५ ले नेपालमा नै बसोबास गरेको महिलाले विदेशीसँग विवाह गरेको ठहर भए उनीहरुका सन्तानलाई अंगीकृत नागरिकता दिईने व्यवस्था छ । यसैमा महिला अधिकारकर्मिहरुले बिरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *