नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नाइपलको निधन

काठमाडौं, साउन २७ । नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नाइपलको निधन भएको छ । ८५ वर्षको उमेरमा उहाँको गएराती निधन भएको परिवारले जनाएको छ ।

सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका उहाँ आफ्ना महान् साहित्यिक कृति ’अ हाउस फर मिस्टर विश्वास’ र ’अ बेन्ड इन द रिभर’का लागि चर्चित हुन् ।

वीवीसीका अनुसार ३० भन्दा बढी पुस्तक लेख्नु भएका भिएस नाइपलले सन् १९७१ मा बुकर पुरस्कार जित्नु भएको थियो । सन् २००१ मा साहित्यतर्फ नोबल पुरस्कार जित्नु भएको थियो ।

सामाजिक सञ्जालहरूमा पनि नाइपलका प्रशंसकहरूले उहाँको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । उहाँको पहिलो पुस्तक द मिस्टिक मसुर सन् १९५१ मा प्रकाशित भएको थियो । उहाँको सबैभन्दा रुचाइएको पुस्तक अ हाउस फर मिस्टर विश्वास हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *