इंग्लिस प्रिमियर लिगमा चेल्सी, टोटनह्याम, बर्नमाउथ, क्रिष्टल प्यालेस र वार्टफोर्डकाे विजयी शुरुवात

काठमाडौं, साउन २७ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, टोटनह्याम, बर्नमाउथ, क्रिष्टल प्यालेस र वार्टफोर्डले विजयी शुरुवात गरेका छन् । शनिबार रातिको खेलमा चेल्सीले हडर्सफिल्डलाई ३ शून्यले हराएको हो ।

चेल्सीलाई जिताउन जर्जिन्हो, पेद्रो र काण्टेले गोल गरे । केही दिन अघिमात्र विश्वकै सबैभन्दा महंगो गोलकिपरका रुपमा अनुबन्ध भएका केपा अरिजाबालागाले चेल्सीबाट पहिलो खेल खेलेका थिए ।

अर्को खेलमा टोटनह्यामले न्यू क्यासललाई २–१ ले, बर्नमाउथले कार्डिफ सिटीलाई, क्रिष्टल प्यालेसले फुलह्यामलाई तथा वार्डफोर्डले ब्राइटलनलाई समान २ शून्यले हराउँदै खातामा तीन तीन अंक जोडेका हुन् ।

टोटनह्यामले न्युकासललाई उसकै मैदानमा २–१ गोलले हराउँदा खेलको आठौं मिनेटमा जान भर्टोनघेनले सुरुआती गोल गरेका थिए । टोटनह्यामले गोल गरेको तीन मिनेट नवित्दै न्युकासलले गोल फर्कायो । उसका लागि जोसेलुले गोल गरेका थिए ।

१८औं मिनेटमा बामीडेले अलीले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । बाँकी समयमा गोल हुन सकेन र टोटनह्यामले पहिलो खेलमा ३ अंक जोड्न सफल भयो । आज राती म्यान्चेष्टर सिटी र आर्सनल, लिभरपुल र वेष्टह्याम तथा साउथ ह्याम्प्टन र  बर्नली खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *