काठमाडौंंमा यस्तो औषधि पसल, जहाँ पाइन्छ ५० प्रतिशत छुट !

काठमाडौं, साउन २७ । हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै ।

काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत  कम मूल्यमा पाइन्छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ ।

डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको औषधिमा यो छुट पाइन्छ, वर्षौँदेखि। औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन ।

यहाँ न उपभोक्ताले छुट माग्छन् न त औषधि पसलेले नै घटाउँछन् । नमागीकनै औषधिमा ५० र र केही सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *