‘बिम्स्टेकमा व्यापार विस्तारका विषय उठ्नुपर्छ’

काठमाडौँ, साउन २६ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा व्यापारिक सम्बन्ध वृद्धि गर्ने विषयमा केन्द्रित भएर छलफल हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारका वक्ताले दुई दशक लामो बिम्स्टेकको बडापत्र नभएको, सदस्य मुलुकबीच व्यापार, पर्यटन, आर्थिक क्षेत्रमा प्रगति हुन नसकेको टिप्पणी गरेका छन् ।

पर्यटनको क्षेत्रमा बिम्स्टेकको दुई वटा मन्त्रिपरिषद्को बैठक बसे पनि प्रगति नभएको भन्दै बुद्ध परिपथको विकासका लागि सम्मेलनमा पहल हुनुपर्नेमा उनीहरुको जोड थियो ।

पूर्वराजदूत डा शंकर शर्माले सदस्य मुलुकमा पाँचदेखि सात प्रतिशतमात्र व्यापारमा लगानी भएको तथा भारतबाहेक अरु मुलुकको दृष्टिकोण प्रष्ट नभएको बताए । नेपालको ९७ प्रतिशत व्यापार भारतसँग हुँदै आएको र अन्य मुलुकसँगको व्यापार नगन्य देखिएको उनको भनाइ थियो ।

पूर्वराजदूत प्रद्युम्न शाहले थाइल्याण्डको पहलमा बिम्स्टेकको जन्म भए पनि थाइल्याण्डको झुकाव आसियानसँग भएकाले बिम्स्टेकले प्रगति भएको छैन भने ।

उनले बिम्स्टेक वडापत्र बनाउने, बैंक स्थापना गर्नेजस्ता दूरदृष्टिसहितको दस्तावेज तयार गर्ने छलफल हुनुपर्ने औँल्याए आगामी भदौ १४ र १५ गते राजधानीमा बिम्स्टेकको चौथो शिखर सम्मेलन हुँदैछ ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *