ईडेन एकेडेमीद्धारा एक दिने ‘अस्ट्रेलियन एडमिसन डे’ आयोजना

धरान,साउन २६ ।  ईडेन एकेडेमी धरानद्धारा शनिबार एक दिने ‘अस्ट्रेलियन एडमिसन डे’ को आयोजना गरेको छ ।

धरान–९ स्थित तमु कम्प्लेक्सको तेश्रो तल्लामा रहेको एकेडेमीको हलमा डे को आयोजना गरेको एकेडेमीका प्रमुख मोहन तिगेलाले जानकारी दिए ।

विहान १० बजेदेखि आयोजना भएको ‘अस्ट्रेलियन एडमिसन डे अन्तर्गत ११/१२ अस्ट्रेलियन कोर्सप्रदायक तथा कलेज र युनिर्भसिटीका कोर्सप्रदायक संस्थाहहरुको सहभागीतामा प्लस टु र ब्याचलरसम्मका विद्यार्थीहरुले स्पोटमा नै भर्ना लिन सक्ने व्यवस्था समेत गरिएको थियो ।

नेपालकै ठूलो अस्ट्रेलियन एजुकेसन फेयरका रूपमा लिइने यस अवसरलाई यो संस्करणमा धरानका करिब २ सयको हाराहारीमा विद्यार्थीहरुको सहभागिता रहेको तिगेलाले जानकारी दिए ।

विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अस्ट्रेलियन कोर्सप्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डक्युमेन्टेसनसँग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गरेको तिगेलाले बताए ।

विद्यार्थीलाई शैक्षिक लक्ष्य प्राप्तिका लागि सघाउँदै आएको ईडेन एकेडेमीले यसअघि पनि अस्ट्रेलियन एजुकेसन फेयर अन्तर्गत विभिन्न कार्यक्रमहरुसमेत आयोजना गरिसकेको छ ।

‘अस्ट्रेलियन एडमिसन डे’ मा ६ जनाले स्पोटमा नै एडमिसन लिएका छन् भने अन्यको पनि डकुमेन्टहरु मिलाएर एडमिसन लिईने प्रक्रियासमेत सुरु भएको एकेडेमीका प्रमुख तिगेलाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *