धरानका पत्रकार प्रबिण राईलाई सहयोग प्रदान 

सुनसरी, साउन २६ । मृगौला रोगबाट ग्रसीत भई धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डाईलासिस गराइरहेका धरानका पत्रकार तथा रंगकर्मी प्रबिण राईलाई समाजसेवी तथा मञ्जुश्री पोलिक्लिनीक तथा डाईगोनेष्टीक सेन्टरका प्रबन्ध निर्देशक बिकास खडकाले आफनो ३९ औं जन्मदिनको अवसर पारेर आर्थिक सहयोग गरेका छन् ।

खडकाले आफनो जन्मदिनमा फजुल खर्च गरेर मनाउनुभन्दा गरिब दुखी तथा विभिन्न रोगहरुबाट ग्रसीत व्यक्तित्वहरुलाई उपचारमा केही भएपनि सहयोग पुगोस् भन्ने आशाले सो रकम प्रदान गरेको बताए ।

सोही क्रममा खडकाले राईलाई घरमै पुगी नगद १५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका हुन । धरान १७ स्थायी घर भएका खडका हाल काठमाडौँमा आफ्ना ब्यापार बजिेनेसकै क्रममा रहदै आएका छन् ।

यसैबीच नेपाल आदिवासी जनजाती महासंघ धरान नगर समन्वय परिषद सुनसरीले पनि मृगौला पीडित पत्रकार प्रबिण राई तथा गोबिन्द हुप्प चोङवाङलाई सहयोग तथा रियो छमछमिकी उपबिजेता मनिता राईलाई आफनो २४ आैं विश्व आदिवासी जनजाती दिवसको आवसर पारेर सम्मान गरेका छन ।

महासंघले धरानको सैनिक भवनमा गरिएको कार्यक्रममा राईकी श्रमिती अन्डीला सिकर्मी (राई)लाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मन्जु भण्डारीेले राईलाई नगद १५ हजार चोङवाङलाई ४० हजार ७ सय ६५ र मनिता राईलाई नगद १५ हजार हस्तान्तरण गरिन् ।

पत्रकार राईको उपचारको क्रममा धरानको अन्र्तजातीय जोडीहरु सम्बद्ध फेसबुक पेज गोली ग्याङ र धरानका पत्रकारहरु समेतको सक्रियतामा सो अभियानको थालनी भएको थियो ।

जहा हालसम्ममा राईको उपचारको लागी विभिन्न संघसंस्था तथा समुदाय र व्यक्तिगत रुपमा गरी २ लाख ७५ हजार ४ सय १७ रुपैयाँ सहयोग भईसकेको छ भने राईको दुबै मृगौला प्रत्यारोपण गर्नका लागी करिब ५० लाख लाग्ने राईको पारिवारीक श्रोतले जनाएको छ ।

शनिवार राईलाई सहयोग रकम प्रदान गर्नका निम्ती फोटो पत्रकार लक्ष्मण थापाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =