धरानमा किराँती संस्कारकाे वाबु लउन्च रेष्टुरेन्ट खुल्यो

धरान, साउन २६ । नेपालमा किराँती संस्कार एवं संस्कृति जगेर्ना गर्ने उद्देश्यले पहिलो पल्ट २ करोड बढीको लागतमा होटल ‘वाबु लउन्च एण्ड रेष्टुरेन्ट’ पूर्वी नेपालको धरानमा खुलेको छ ।

पर्यटन प्रबद्र्धन गर्ने होडबाजी चलिरहेको बेला सुनसरी धरानको चर्चित व्यवसाय हवको रुपमा विकास हुँदै गरेको धरान–५ बगरकोट नजिक  होटल वाबु (चिण्डो) लउन्च एण्ड बार खुलेको हो ।

अन्य होटल एण्ड रेष्टुरेन्टमा पाइने परिकारहरुभन्दा ग्राहकलाई फरक परिकार प्रदान गर्ने उद्देश्यले ५ जनाकोे २ करोड ४५ लाख संयुक्त लगानीमा आदिवासी जनजातिहरुमध्येको राई जातिहरुको मौलिक खानाको परिकारसहित रेष्टुरेन्ट बार संचालनमा ल्याईएको संचालकहरु बताउँछन् ।

धरानको नाम चलेको बगरकोटमा थुप्रै होटलहरु संचालन भईरहेको अवस्थामा नयाँ ढंगले संस्कार संस्कृति झल्कने खालको पारिवारिक वातावरणमा रेष्टुरेन्ट संचालन गर्ने ५ जनाको सल्लाह मिलेपछि व्यवसायिक रुपमा वाबु लउन्च एण्ड बार शुरु गरेको संचालक रामकाजी राईले जानकारी दिए ।

राईले भने ‘‘बगरकोटमा होटल, रेष्टुरेन्टहरु थुप्रै खोलिएका छन्, आफुहरुले पनि होटल व्यवसाय गर्ने भएपछि के कसरी गर्ने विशेषगरी मानिसहरु यहाँ खान र रमाउन आउने हुँदा ग्राहकलाई कसरी सन्तुष्टि बनाउन सकिन्छ , यस पेशालाई के कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा पार्टनरहरुबीच व्यापक छलफल गरियो,त्यसपछि जनजातिहरुमध्ये राईहरुको स्पेशल परिकारसहित वाबु अर्थात चिन्डो नामक होटल एण्ड रेष्टुरेन्ट संचालन गर्ने र राई जातिहरुले शदियौंदेखि प्रयोगमा ल्याएका वाचिपा अर्थात (तिते), सरुवा र साईला खुई यी ३ वटा परिकारलाई विशेष प्राथमिकतामा राखेर व्यवसायसंगै आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्दै बेरोजगार युवायुवतीलाई रोजगार प्रदान गरी देशमा दिन प्रतिदिन बढीरहेको बेजरोगारी समस्यालाई केही हदसम्म न्यूनिकरण गर्न र अन्य होटलमा भन्दा फरक परिकारको स्वाद ग्राहकलाई दिन यो व्यवसाय शुुरु गरेका हौं ।”

रोजगारीको सिलसिलामा खाडी मुलुकमा १० वर्ष बिताएर नेपाल फर्केपछि इतिहासमै पहिलो पटक राईहरुको मौलिक खानाको रेष्टुरेन्ट बार संचालनमा ल्याएको उनको दाबी छ ।

“राज्यले हामी आदिवासी जनजातिलाई नीति निर्माण तहमा नै विभेद गरेको छ भन्ने हामीले महशुस गरेका छौं । भाषा, लीपि, पहिचान, भेषभुषा, रहनसहन साथै अहिले प्रदेश नं १ को नामकरण किराँत राज्य राख्नुपर्ने माग राखिरहेका बेला आफ्नो संस्कार संस्कृति जगेर्ना गर्ने उद्दृश्यले राईहरुको मौलिक स्पेशल खानाको परिकारहरुसहित पहिचानको मुद्दालाई सम्झाईरहने लक्ष्यका साथ होटल वाबु लउन्च एण्ड रेष्टुरेन्ट बार दाजुभाईहरुको संयुक्त लगानीमा शुरु भएकोमा मलाई खुशी लागेको छ, उहाँहरुलाई सफलताको बधाई तथा शुभकामना दिन चाहान्छु ” रेष्टुरेष्टमा भेटिएका स्थानीय गणेश राईले वाचिपा,साईला खुई खाँदै यसरी खुशी व्यक्त गरे ।

होटलका लागि धनकुटा, उदयपुर, तेह्थुम, भोजपुर लगायत पूर्वी पहाडी जिल्लाका गाउँघरमा पालिएका शुद्ध लोकल कुखुरा र शाहकारी पङ्गगाच माछाको विशेष परिकारहरु दक्ष अनुभवी कुकद्धारा तयार गरी ग्राहकको अडरअनुसार उपलब्ध गराईने अर्का लगानीकर्ता नविन राई बताउँछन् ।

“केही होटल, रेष्टुरेन्टमा लोकल कुखुरा भनेर गिरिराज कुखुराको मासु दिन्छन् होला तर हामी हाम्रो ग्राहकहरुलाई शुद्ध गाउँबाट ल्याएको लोकल कुखुरा र भेद्नामबाट ल्याई झापाको चारलीमा स्टोर गरेको भेद्नामको शाहकारी पङ्गगाच माछा सिधा आफ्नै पोखरीमा स्टोर गरी होटलमा आउने ग्राहकलाई बजारको मुल्य भन्दा छुट दिएर नेपाली मौलिक खाना उपलब्ध गराउँदै आएका छौं” राईले सुनाए ।

उनी भन्छन् बजारका धेरै क्लब होटल रेष्टुरेन्टमा खान र रमाईलो गर्न जाँदा मोटरसाईकलको हेल्मेट चोरी हुने हराउने खाएर फर्कने बेला साहुले अभद्र व्यवहार गरेको पाएका छौँ , तर हामी हाम्रो होटमा आएका ग्राहकको सवारी साधनको सुरक्षाको साथै साधन वा हेल्मेट हराए चोरी भएमा कम्पनीले ग्राहकलाई नोक्सान नहुने गरी क्षतिपुर्ति उपलब्ध गराउने नियम बनाएका छौं ।”

राई थप्छन् ‘सम्भवत नेपालमा यो नियम हामीले बाहेक कुनै पनि होटल रेष्टुरेष्ट बारले बनाएको छैन होला’ ।

संस्कार संस्कृति झल्कल्ने र पहिचान बाचाई राख्ने राईहरुको स्पेशल खानाको परिकार तयार गरिने होटल वाबु लन्च एण्ड रेष्टुरेष्ट बार ३ कठ्ठा जमिनमा पहिलो पटक संचालनमा ल्याएको अर्का लगानीकर्ता रमेश राईले जानकारी दिए ।

राई भन्छन् , “हाम्रो यस होटल खोल्नुको मुख्य उद्देश्य भनेको व्यावसाय गरेर मुनाफा कमाउने मात्र होइन यतिबेला पहिचानको कुराहरु खोजी भईरहेको सन्दर्भलाई जोडेर हामीले नयाँ पुस्तालाई हाम्रो पहिचानको बारेमा जानकारी गराउने मूख्य लक्ष्य राखेका छौ । संस्कार संस्कृतिकको कुराहरु खोजी भईरको छ , भाषा रहनसहन भेषभुषा संस्कार संस्कृति र पहिचानको विषयमा चर्को बहस र छलफल भईरहेको यो मौसममा हामीले शूरु गरेको व्यवसाय पनि साँस्कृतिक अभियान हो ।”

अर्का संचालक रमेश राईले गुनासो पोख्दै भने, ‘लगानीकर्ताहरुले १ करोडको लागतमा रेष्टुरेन्ट संचालनमा ल्याउने योजना बनाएका थिए ।’ तर काम गर्दै जाँदा २ करोड भन्दा बढी लगानी भइसकेको र भौतिक संरचना निर्मांण कार्य निरन्तर भईरहेकाले २ करोड ४५ लाखमा निर्माण सम्पन्न गर्ने संचालकहरुको भनाई छ ।

विधिवत समुद्घाटन गर्न बाँकी भएतापनि धरान बजारदेखि केही पूर्वमा पर्ने सेउती बगरको काखमा रहेको खुल्ला र फराकिलो स्थानमा रेष्टुरेन्ट भएकाले साँझपख रमाउने र परिवारसंग राई जातिको मौलिक खाना खानु रुचाउने ग्राहकको बाक्लो उपस्थिति हुने गरेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *