कम्युनिष्ट अधिनायकवाद विरुद्ध तरुणहरु एक हुनुपर्नेमा जोड

“
साउन २६, सुनसरी । नेपाल तरुण दल इटहरी उपमहानगर समितिद्वारा एक दिने नगरस्तरीय नेतृत्व विकास प्रशिक्षण सम्पन्न गरेको छ । नेपाल तरुण दल सुनसरीको निर्देशनमा भएको नेतृत्व विकास कार्यक्रममा इटहरी नगरका दर्जनौं तरुणहरुको सकृय सहभागिता रहेको थियो ।
संगठन सुदृढीकरण तथा विस्तारको निरन्तरको अभियानका क्रममा नेपाल दल केन्द्रीय समितिको अवधारणा सम्पन्न १ दिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेस सुनसरी सभापति एवं प्रदेश नं १ का नेपाली काँग्रेसका संसदिय दलका नेता राजिव कोईराला रहेका थिए ।
उनले कार्यक्रममा बोल्दै बर्तमान सरकार निरंकूश बन्दै गएको भन्दै लोकतान्त्रिक शासन ब्यवस्था मजबुत बनाउन र जनताको आधारभूत अधिकार संरक्षण गर्न तरुणहरु सकृय हुनुपर्ने बताए ।
उनले बर्तमान समयमा कांग्रेस पुर्न संरचना गर्नुपर्ने र त्यसका यूवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै तरुणहरुलाई एक जुट हुन आग्रह गरे ।
कार्यक्रममा नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष बिनोद कायस्थले नेतृत्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएका थिए ।
नेपाली काँग्रेस र नेपाल तरुण दलको इतिहास, वर्तमान र भावी रणनीतिका विषयमा प्रशिक्षण कार्यक्रम अत्यन्त उपलब्धिमुलक र फलदायी भएको नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङले बताए । उनले कार्यक्रममा बोल्दै अहिलेको सरकार अभिनायकवाद भएको उल्लेख गर्दै कम्युनिस्ट अधिनायकवादका विरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटनमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि राजिब ढुङगाना, केशब सिटाैला, जिल्ला सचिब केदार भण्डारी, तरुण दल केन्द्रिय पार्षद सुवोध घिमिरे लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, एवं क्षेत्रीय समिती, नगर समिती र वडा कार्य समिती नेपाल विद्यार्थी संघ, महिला संघ, दलित संघ, किशान संघ, जनजाति संघ र मजदुर संघ लगायतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम तरुण दल इटहरी नगर सभापति विष्णु खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।








