डण्डीफोर आएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

राम्रो अनुहार सबैको चाहना हुन्छ, विशेषगरी टिनएजमा । डण्डीफोर आम समस्या पनि हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् ।

डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । यसलाई निचोर्नु हुँदैन भने यसका दागलाई निको बनाउन नाममा जथाभावी क्रिमको प्रयोग पनि गर्नु हुँदैन ।

यस्ता छन् विधि

ओलिभ आयलः ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि विस्तारै दाग हट्दै जान्छ ।

आलु: आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

कागतीको रस: डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।

खाने सोडा: फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।

मह: एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।

भिटामिन:  खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।

गोलभेंडा:  गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।

चन्दन पाउडर: एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *