प्रधानमन्त्रीलाई डा. केसीले भने– ‘सहमती कार्यान्वयन नभए फेरि अनशन बस्छु’

काठमाडौँ, साउन २६ । डा. गोविन्द केसी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा डा. केसी र प्रधानमन्त्री ओलीबीच चिकित्सा शिक्षा सम्झौताबारे छलफल भएको हो ।

प्रधानमन्त्रीलाई भेट्न उनी वार्ता टोलीसहित बालुवाटार पुगेका थिए । भेटमा डा. गोविन्द केसीले प्रधानमन्त्रीलाई सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक नआए १६ औँ पटक पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिँदै उनले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार र केसीबीच भएको सहमति कार्यान्वयन गर्ने आश्वासन दिएको बताइएको छ ।

डा. गोविन्द केसीको लामो अनशनपछि सरकार र केसीबीच गत साउन १० गते चिकित्सा शिक्षा सम्बन्धि सम्झौता उनले २७ दिन लामो अनशन तोडेका थिए । तर सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएका बेला डा. केसी र प्रधानमन्त्रीबिच भेटवार्ता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *