पाकिस्तानी प्रधानमन्त्रीका रुपमा पूर्व क्रिकेटर खानको सपथ अगस्ट १८ मा

काठमाडौं, साउन २६ । पूर्व क्रिकेटर इमरान खानले अगस्ट १८ मा पाकिस्तानको प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने पक्का भएको छ ।

पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) ले सपथग्रहण कार्यक्रमको औपचारिक मिति तय गर्दै इमरान खानलाई संसदीय दलको नेता चुन्ने औपचारिक प्रक्रिया पूरा भएको जनाएको छ ।

संसदमा हुने प्रधानमन्त्रीको चुनावमा पीटीआईले सहजै समर्थन जुट्ने बताएको छ । १ सय १६ सिट जितेको पीटीआईले आफूलाई १८० भन्दा बढी सांसदको समर्थन रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *