सौर्य एयरलाइन्स डुब्नुको यस्तो छ भित्री कथा

काठमाडाैं, साउन २६ । निक्कै तामझामपूर्वक आएको सौर्य एयरलाइन्स धरासायी भएको छ । झापाका ब्यवसायी दीपक पोखरेलको मुख्य लगानी रहेको सौर्य एयरलाइन्स खराब ब्यवस्थापनका कारण डुबेको हो ।

अहिले डुबेको एयरलाइन्सलाई उकास्न दोस्रो पक्षलाई विक्रि गरिएको छ । सञ्चालनमा आएको चार वर्षमै एयरलाइन्सले नयाँ ब्यवस्थापनलाई जहाज विक्रि गरेको हो । सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलका अनुसार एयरलाइन्स बिक्री सम्बन्धि हस्ताक्षर भइसकेको र रकम भुक्तानी हुनमात्र बाँकी छ ।

अब सौर्य एयरलाइन्स चीनमा ब्यापार ब्यवसाय गर्दै आएका एनआरएन श्याम अधिकारीको टीमले सम्हाल्ने छ । सौर्यका दुई जहाज मध्ये एउटा ग्राउण्डेड भएको महिनौं वितिसक्दा समेत ब्यवस्थापनले मर्मत गर्न सकेन । एउटा मात्र जहाजले खर्च धान्न नसकिरहेको र बजार ब्यवस्थापनको जिम्मा संहालेका ब्यक्तिले राम्ररी काम नगर्दा सौर्य धरासायी भएको स्रोतको दावि छ । स्रोतले दिएको जानकारी अनुसार सौर्य एयरलाइन्सका चिफ मार्केटिङ मुकेश खनालका कारण सौर्य एयरले सोचे अनुसार बजार लिन सकेन । उनको कार्यशैली चित्त बुझ्दो नभएपछी ब्यवस्थापनले बारम्बार सुध्रिन आग्रह समेत गरेको थियो ।

केहि सिप नलागेपछि मुकेशको विकल्पका रुपमा नयाँ मार्केटिङ चिफ ल्याउने तयारी समेत भइरहेको अवस्थामा अध्यक्ष दीपक पोखरेलले रिक्स नलिन सौर्य एयर नै विक्रि गर्ने निर्णय गरे । ‘केहि विवादहरु थिए, खासगरी मुकेश सर र ब्यवस्थापनविच आन्तरिक मनमुटाव थियो ।’ नाम नबताउने शर्तमा सौर्य एयरका एक कर्मचारीले बताए ।

उनले कम्पनीले १० करोड बढि रकम कर्मचारीलाई तलब र त्रिभुवन विमानस्थललाई दिन बाँकी छ । अपेक्षित बजार लिन नसकेपछि सञ्चालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि सौर्य धरासायी भएको थियो । चीनमा व्यापार व्यवसाय गर्दै आएका श्याम अधिकारीको समुहले सौर्यलाई उकास्ने अपेक्षा गरिएको छ ।

पछिल्ला दिनहरुमा सौर्यका अध्यक्ष पोखरेल सौर्यको ब्यवस्थापन हेर्न छाडेर विभिन्न स्वास्थ्य प्रतिष्ठानहरुमा राजनीतिक नियुक्ति गर्न करोडौं खर्च गर्न थालेका थिए । उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति नियुक्तिमा समेत करोडौं चलखेल गरेको बुझिएको छ ।

क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो । २०७१ मंसिरबाट चार्टर उडान सुरु गरेको एयरलाइन्सले २०७४ बाट नियमित उडान सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *