माेरङ : जाँतेमा शंखेकिराकाे आतंक, ६ क्विंटल किरा गाडियो 

माोरङ, साउन २६ । मोरङको लेटाङ्ग नगरपालिका ९ स्थित जाँतेमा करिव ६ क्विंटल (६सय केजी) शंखेकिरा नष्ट गरिएको छ । स्थानीय कृषी उपजलाई खाएर किसानलाई दुख दिईरहेका शंखेकिरा कृषकले संकलन गरेर नष्ट पुरेका हुन्।केहि बर्षयता कृषकको समस्याको रुपमा देखापरेको शंखेकिराको आतंकले किसान दुखित बनेका थिए । बारीमा लगाइएको सब्जी बालीको बिउ समेत नरहने गरी शंखेले नोक्सान गरेपछि किसानले यस्तो उपाय निकालेका हुन्।

शंखेको प्रकोपबाट आजित भएका किसानले वडा कार्यालयको सहयोगमा किसानलाई प्रोत्साहन गर्न तथा बिषादीको प्रयोग अन्त्य गर्ने उद्देश्यले प्रति किलो २५ रुपैँयाका दरले किनिदिएर संकलन गरेको हो। वडा कार्यालयले एक हप्ता अघि देखि संकलन गरेको शंखेकिरा स्थानीय तेलिखोलाको बगरमा खाल्डो खनेर बिहिबार पुरेका हुन् ।

स्थानीय कृषकलाई दुख दिईरहेको शंखेकिराको नियन्त्रणका लागि वडाकार्यालयले खरिद गर्दै नष्ट गर्ने अभियान अति आवश्यक रहेको र वडाकै तर्फबाट शुरु गरेको लेटाङ्ग नगरपालिकाकी उपमेयर कृष्ण कुमारी निरौलाले बताए ।

धरान बिराटनगरबाट खानेपानीको पाइप गाउँ लैजादा सँगै भित्रीएको शंखेकिराले प्रकोपकै रुप लिएकोले नियन्त्रणका लागि र कृषकलाई प्रोत्साहन गर्नका लागि यस्तो अभियान गर्नुपरेको वडाध्यक्ष कृष्ण लुइटेलले बताए ।

लुइटेलले एकै पटकमा ठुदो संख्यामा अन्डा पार्ने हुँदा नियन्त्रण त्यति सहज नभएको, साथै शंखेको आतंकबाट कृषक निरुत्साहित भएर पेशाबाटै पलाएन हुने स्थिती आएको देखेर नै खरिद गरेरै भएपनि वडा कार्यालयले नियन्त्रणको प्रयास थालेको बताए ।

किरा मार्न नुन प्रयोग गर्नुपरेको भन्दै सो वार्डका वडासदस्य खेमराज ढकालले बिषादि प्रयोगबाट अन्य जीव पनि प्रभावित हुने भएकाले किसानलाई शंखे मार्न सहज उपाय नुन प्रयोग हुने देखेरनै संकलन गरी नुन प्रयोग विधी अपनाईएको बताए । ढकालले किरा टिपेर एउटा भाँडो वा बोरामा राख्ने त्यसपछि नुन छर्किदिएमा समुल नष्टहुने बताउए ।

किसानले लगाएको बाली नै नउठ्ने देखेपछि वडा कार्यलयले शुरु गरेको यो डम्पिङपछि नष्ट गर्ने कार्य एकदमै राम्रो भएको साथै यसबाट स्थानीय कृषक पूर्ण लाभावन्वित हुने स्थानीय कृषक नरेश पथिक मंगरातीले बताए ।

शंखेकिरा एक प्रकारको ढाड नभएको जीव हो। मोलास्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्राय सबै जीवलाई शंखेकिरा भनिन्छ। यसले बिशेषत वर्षातमा क्षति पुर्याउने गर्छ। यसले बालिको नरम छालासहित अन्यभागमा खायर क्षति पुर्याउने गरेको पाइन्छ। शंखेले बिशेष गरी धान खेत, तरकारी बालि र फलफूल बालिमा बढी क्षति पुर्याएको पाइन्छ।

यसको क्षति कम गर्नका लागि बिशेष गरी हातले टिपेर, बिषादी प्रयोग गरेर, बास स्थान वरपरको झार उखलेर र हाँस साथै पोखरीमा मांसाहारी माछापालेर पनि नष्ट गर्न सकिने बिशेषज्ञहरुले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *