अाजकाे माैषम: भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाकाे आग्रह

काठमाडाैं, साउन २६ । मौसम पुर्वानुमान महाशाखाले शनिवार पश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । शनिवार राति भारती वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

पोखरा देखि सुदुरपश्चिम सम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको हो । पश्चिमका केही स्थानमा शनिवार राति अति धेरै वर्षा हुने मौसमविद विभूति पोखरेलले जानकारी दिएकी छन् । त्यस्तै शनिवार दिउसो पश्चिमका एक वा दुई स्थानमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सोमवार सम्म वर्षा र बदली भने देशभर नै सकृय रहन्छ ।

आइतबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । आइतबार दिउँसो र राति पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहानको समयमा पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भाबना रहेको तथा दिउँसो र राति देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद पोखरेलले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *